Comments Add Comment
फोटो फिचर :

कोरोना भुलेर बिस्का : जात्रामा रम्यो भक्तपुर

२८ चैत, भक्तपुर । कोरोनाभाइरस (कोभिड-१९) को त्रासलाई भुलेर भक्तपुरवासी बिस्काः जात्रामा रमाएका छन् ।

कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जात्रा स्थगित गर्ने निर्णय गरेको थियो । प्रशासनले नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध गरेपछि भक्तपुर नगरपालिकाले जात्रा गर्न पहल लियो भने सर्वोच्च अदालतले पनि २५ चैतमा बिस्काः जात्रा नरोक्न आन्तरिम आदेश दिएको थियो ।

शनिबार जात्राको पहिलो दिन भैरवनाथको रथ तान्दा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । जात्रा गर्न पाउँदा खुसी देखिएका उनीहरुमा कोरोनाको त्रास कमै देखिन्थ्यो । हजारौंको भीडमा न भौतिक दूरी कायम गर्न सम्भव थियो, न सबैले मास्क नै लगाएका थिए ।

बरु बालबालिकादेखि वृद्धवृद्धाको समेत उल्लेख्य सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment