Comments Add Comment

‘लाल मोहन जी’ निर्माणको घोषणा, विपिन र अर्पण मुख्य भूमिकामा

चलचित्र ‘लाल मोहन जी’ निर्माणको घोषणा भएको छ । यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

चलचित्रमा नायक विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र सुशान्त मेचेको मुख्य भूमिका रहनेछ । चलचित्रका लागि एक नायिका फाइनल हुन बाँकी रहेको निर्माणपक्षले बताएको छ । प्रवेश पौडेलको कथामा आकाश बरालले चलचित्रको पटकथा तथा संवाद तयार पारेका हुन् ।

चलचित्रमा सन्तोष राजको संगीत, निरज कँडेलको छायांकन, राजु तामाङको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन जीसीको सम्पादन रहनेछ । चलचित्रको छायांकन नेपाल, भारत, क्यानडा र अष्ट्रेलियामा गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।

जेठको पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ । सस्पेन्स कमेडी कथामा निर्माण हुने चलचित्रका लागि २ बर्ष होमवर्क गरेको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment