
२९ चैत, काठमाडौं । चार दिनसम्म लगातर बढेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ सात सय रुपैयाँले बढेको थियो।
आइतबारका लागि छापावाल सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकिएको छ । शुक्रबार ८९ हजार नौ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको कारोबार मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रति तोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य १२७५ रुपैयाँ प्रति तोला कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4