Comments Add Comment

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२९ चैत, झापा । पूर्व–पश्चिम राजमार्गस्थित झापाको विर्तामोड नगरपालिका–६ मा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।

आइतबार पूर्वतर्फ आउँदै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते भएका थिए । घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment