+
+
Shares

नयाँ वर्षमा दराजको विशेष छुट योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १३:१६

२९ चैत, काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूह अन्तरगत दराजले आफ्ना ग्राहकका लागि नयाँ वर्ष २०७८ लक्षित छुट योजना ल्याएको छ । ‘नव वर्षको भव्य सेल’ योजनामा ग्राहकका लागि विभिन्न छुटहरु रहेको दराजले जनाएको छ । दराजका अनुसार यो अभियान आइतबार मध्यरातिदेखि वैशाख ७ गतेसम्म चल्ने छ।

नयाँ वर्षको भव्य सेल भनेर परिचित, यस अभियानमा विभिन्न उत्पादनहरुमा मूल्यमा छुट दिइएको दराजले जनाएको छ । दराजका अनुसार ४६ हजार ७२० रुपैयाँ पर्ने वल्पुल डबल डोर फ्रिज ३८ हजार ९९९ रुपैयामा खरिद गर्न सकिने छ भने ६८ हजार ५९० मूल्य पर्ने पानासनिक फ्रन्ट लोड वासिङ मेसिन ५७ हजार ९९९ मा खरिद गर्न सकिने छ । यसैगरी डेल वोस्ट्रो आई-थ्री ल्याप्टप मात्र रु ५४ हजार ९९९ मा  र वन प्लस नोर्ड १००  केवल ३३ हजार ९०० मा खरिद गर्न सकिने छ ।

दराजका अनुसार विभिन्न उत्पादनहरु जस्तै घरका सामानहरू, ग्याजेटहरू, फेशन, किराना सामानहरू र अधिकमा पनि  यस्तै छुट प्राप्त गर्न सकिने छ । साथै थप रूपमा, पूर्व-भुक्तानी छुट, भाउचर र सीमित उत्पादनहरूमा निःशुल्क सिपिङमार्फत अधिक बचतको लागि सम्भावनाहरू पनि रहेका छन् ।

दराजका अनुसार यस अभियानको बैंक पार्टनर छुट निम्नानुसार छन्:

  • नबिल बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु . १५००) सम्म छुट
  • सानिमा बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • एनएमबी बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • मेगा बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • कुमारी बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • माछापुच्छ्रे बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • सन् राइज बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • एनईसी एशिया बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु १५००) सम्म छुट
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा १५ प्रतिशत ( रु१०००) सम्म छुट
  • हिमालयन बैंक: क्रेडिट कार्डमा २० प्रतिशत (रु११५००) सम्म छुट

ग्राहकहरुले आफ्नो ई-सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि रु ५०० सम्मको विशेष छुट पाउन सक्ने दराजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसबाहेक, भिसा कार्ड धारकहरूले दराजमा आफ्नो पहिलो खरीदमा पूर्व-भुक्तानी गर्दा २० प्रतिशत छुट (अधिकतम रु ५००) पाउनेछन। यसैगरी एनआईसी बैंक, सनराइज बैंक लिमिटेड, सिटिजन्स बैंक र माछापुच्छे बैंकका ग्राहकहरूले ० प्रतिशत ब्याज दरमा सजिलो मासिक किस्तमा (इएमआइ) लिन सक्ने दराजले जनाएको छ ।

यस अभियानमा “खेल एक रुपैयाँको” (वन रुपी गेम) जस्ता खेलहरू पनि प्रस्तुत गरिएको दराजले जनाएको छ । जसमा दराज प्रयोगकर्ताहरूले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमेडिया स्पिकर, एक्स-एज ट्याब ४० जस्ता पुरस्कार मात्र १ रुपैयाँमा जित्न सक्नेछन् ।

दराजका अनुसार नव वर्षको भव्य सेल नेपालमा अहिलेसम्मको हाम्रो सबैभन्दा ठूलो सेल अभियान हो ।

‘हाम्रा विक्रेताहरु तथा, भुक्तानी र डेलिभरी साझेदारहरूको चरम तयारी यसमा रहेको छ। तसर्थ,  विविध उत्पादनहरुका साथ यो भव्य सेललाई नेपालको ४५ भन्दा बदी शहरहरुमा रहने हाम्रा ग्राहकहरु सामक्ष पुर्‍याउन निकै उत्साहित छौँ,’ दाराजका एमडी लिनो अहलरिंगले भने, ‘हामी उच्चतम सन्तुष्टि सुनिश्चित गर्न हामी  हाम्रा हजारौं साझेदारहरूसँग गम्भीरताका साथ गरिरहेका छौं। यो नेपालको सबैभन्दा ठूलो अनलाइन शपिंग प्रदायकको रूपमा हाम्रो जिम्मेवारी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?