+
+
Shares

शिवपुरी-नागार्जुन निकुञ्जमा डढेलो, आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १४:४१
फाइल तस्वीर

२९ चैत, काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ ।

आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?