
२९ चैत, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा पहिलो शीतभण्डार बन्ने भएको छ । सैनामैना नगरपालिका–३ मा १ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण हुने शीतभण्डारको आइतबार नगर प्रमुख चित्रबहादुर कार्कीले शिलान्यास गरे ।
२३ मिटर लम्बाइ, १५ मिटर चौडाइ र ४८ मिटर उचाइको हुने शीतभण्डार भवन आगामी असार १५ सम्ममा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । इलेक्ट्रिकल, मेकानिकल र रेफ्रिजेरेसनको काम भने दोस्रो चरणमा सम्पन्न हुने सैनामैना नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले कृषिजन्य उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउन शीतभण्डारले टेवा पुर्याउने नगर प्रमुख कार्कीले बताए ।
नगरपालिकाले ११ वटै वडामा कृषि पाठशाला सञ्चालन, ५० प्रतिशत अनुदानमा कृषि औजार तथा मल, बीउ उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4