+
+
Shares

विशु पर्व मनाउन डोटीको शिखर नगरपालिकामा चार दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १७:५९

२९ चैत, डोटी । डोटीको शिखर नगरपालिकाले विशु पर्व मनाउन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी जोशीले जानकारी दिइन् ।

सरकारले वायु प्रदूषण भएको र त्यसको असर बालबालिकाको स्वास्थ्यमा पर्ने भन्दै चैत १६ देखि २० सम्म विद्यालय बन्द गर्न निर्देशन दिँदा शिखर नगरपालिकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?