+
+
Shares

पर्साबाट १५ किलो चरेश बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते २०:०४

२९ चैत, पर्सा । प्रहरीले पर्साबाट लागु औषध चरेश १५ किलो बरामद गरेको छ । कालिकामाई गाउँपालिका– १ तीनडाबियाबाट  प्रहरीले उक्त चरेश बरामद गरेको हो ।

शनिबार राति ९ बजे गएको प्रहरी टोलीले गँहुको खेतमा २ वटा बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । चरेश आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।

चरेश लुकाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?