+
+

पर्साका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते २१:५५

३० चैत, चितवन । पर्साको कालिकामाई गाउँपालिका २ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

आइतबार विहान १ बजे भरतपुर अस्पतालमा आएका उनको कोभिड आर्इसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिए । वीरगञ्जको नेशनल मेडिकलबाट उपचारका लागि भरतपुर रिफर गरिएको उनमा कडा निमोनियाको संक्रमण भएको थियो ।

उनको शव पर्सा नै लगिएको छ र नेपाली सेनाले अत्येष्टि गरेको छ ।

लिभरमा समस्या देखिएपछि उपचारका लागि भारत गएका उनलाई त्यही बेला कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उपचारका लागि उनीसँगै गएका श्रीमती र कान्छो छोरालाई गाउँमै क्वारेन्टिनमा राखिएको वडाध्यक्ष सोनालाल चौरसियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?