+
+
Shares

आगामी सिजनमा मल अभाव नहुने सरकारको दाबी, १० अर्बको स्रोत सुनिश्चित

कृषि मन्त्रालयका अनुसार बजेटको टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर (बोलपत्र) आह्वान गर्ने तयारी भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी खेती सिजनमा रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्वतयारी तीव्र पारेको छ।
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ स्रोत सुनिश्चितता प्राप्त भएको जनाएको छ।
  • मन्त्रालयले बजेट टुङ्गिएसँगै आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर आह्वान गर्ने तयारी गरेको छ।

६ असोज, काठमाडौं । आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्वतयारी तीव्र पारेको बताएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबर स्रोत सुनिश्चितता (बजेट सहमति) प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बजेटको टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर (बोलपत्र) आह्वान गर्ने तयारी भइरहेको छ ।

विगतका वर्षहरूमा जस्तो मुख्य सिजनमा किसानले मलको हाहाकार बेहोर्नु नपरोस् भन्ने उद्देश्यले यसपालि बेलैमा काम सुरु गरिएको मन्त्रालयको भनाइ छ ।

किसानको समस्या मध्यनजर गर्दै मल खरिद र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर द्रुत गतिमा काम अघि बढाइएको मन्त्रालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?