+
+
Shares

नाकाको निरीक्षण गर्न नागढुंगा पुगे काठमाडौंका सीडीओ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १५:१९

३१ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नागढुंगा नाकामा निरीक्षण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरिएको हो । निरीक्षणमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पनि सँगै थिए ।

थानकोटमा रहेको हेल्थ डेस्कलाई पनि प्रभावकारी बनाइएको उनले बताए । ‘नाकामा आउने हरेक बसलाई चेकिङ गरेर मास्क लगाए नलगाएको समेत जाँच गर्न भनेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘एन्टिजेन परीक्षणका लागि जनशक्ति कम भएको भनिएको छ, यसबारे स्वास्थ्य मन्त्रालयलाई खबर गरिसकेका छौं ।’

उनका अनुसार हाल नाकामा एन्टिजेन परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ । यसअघि २३ चैतमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले नाकामा अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?