Comments Add Comment

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना

३१ चैत, काठमाडौं । एनसेलले नयाँ वर्ष २०७८ लाई लक्षित गरी आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ । नयाँ वर्षको अवसरमा ग्राहकका लागि एनसेलले डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुम योजना ल्याएको हो । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आर्कषक डेटा योजना अन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन् ।

यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुने एनसेलले जनाएको छ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत ३१ गते मंलबारदेखि सञ्चालनमा आएको छ ।

एनसेलका अनुसार डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिनदेखि १ दिनसम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् । यो आकर्षक योजना अन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिदमा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकले यो योजना अन्तर्गत मात्र रु ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजा लिन सक्छन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै रु १३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै ३ दिन समयसिमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । एनसेलका अनुसार १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डेटा सापटी सेवा अन्तर्गत रु ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन् ।

यति मात्र हैन, नयाँ वर्षको यो योजना अन्तर्गत रु ५० वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको एनसेलले जनाएको छ ।

एनसेलका अनुसार रु. ५० देखि रु. ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभर रु. ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरी रु. १०० देखि रु. १९९, रु. २०० देखि रु. २९९, रु. ३०० देखि रु. ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु. १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् ।

त्यसैगरी रु. ५०० देखि रु. ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा .रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजना अन्तर्गत बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ ।

नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लगि उही शुल्कमा डबल डेटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसी रहेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको संचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथीभमाईसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ७८ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको डेटा प्याक खरिद गर्न सक्ने र यो योजना वैशाख १४ सम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment