
१ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफू संक्रमित भएको जानकारी दिएका हुन् ।
योगीले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको बताएका छन् । आफू संक्रमित भए पनि प्रदेश सरकारको गतिविधि जारी रहने मुख्यमन्त्री योगीले बताएका छन् ।
शुरुआती लक्षण दिखने पर मैंने कोविड की जांच कराई और मेरी रिपोर्ट पॉजिटिव आई है।
मैं सेल्फ आइसोलेशन में हूं और चिकित्सकों के परामर्श का पूर्णतः पालन कर रहा हूं। सभी कार्य वर्चुअली संपादित कर रहा हूं।
— Yogi Adityanath (@myogiadityanath) April 14, 2021
योगीले पछिल्लो केही समययता आफ्नो सम्पर्कमा आएका मानिसलाई कोरोना परीक्षण गराउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यसअघि मुख्यमन्त्री कार्यालयका अन्य केही मानिसमा पनि कोरोना संक्रमण देखिएको थियो । यसअघि पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादव पनि संक्रमित भएका थिए ।
प्रतिक्रिया 4