
१ वैशाख, काठमाडौं । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी सम्हालेको करिब १ वर्षपछि आफ्नो ओहोदाको प्रमाणपत्र त्यहाँका राष्ट्रपति सी जिनपिङलाई बुझाएका छन् ।
बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
पाण्डे २०७७ वैशाख ५ गते चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । त्यसपछि चीन गएर जिम्मेवारी सम्हाले पनि उनले त्यहाँका राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाउन पाएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4