Comments Add Comment

कर्णाली प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि बस्ने प्रदेशसभा बैठकको एजेण्डा तय गर्न परामर्श समितिको बैठक बोलाइएको हो ।

एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक दिउँसो दुई बजे बोलाइएको छ । यो प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । दोस्रो पटक पेश भएको अविश्वासको प्रस्ताव सामना गर्ने मुख्यमन्त्री शाहीले बताएका छन् ।

कर्णाली प्रदेशसभामा ४० सदस्य थिए । माओवादीबाट एमाले एमाले प्रवेश गरेका धर्मराज रेग्मीको सांसद पद खारेज भएपछि अब ३९ सदस्य छन् ।

३९ प्रदेशसभामा २० सांसद रहेको एमालेले अविश्वासको प्रस्ताव अगाडि बढाएकाले यसपटक मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । अघिल्लो पटक भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको थियो ।

तर, यसपटक भने नेपालतर्फका तीन मन्त्रीले समेत राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता शाहीसँग १२, नेपाली काँग्रेससँग ६ र राप्रपासँग एक सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment