+
+
Shares

‘एक्स ९’ निर्माणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १२:१४

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सामाजिक संजालबाट घोषणा गर्दै उनले चलचित्रको नाम ‘एक्स ९’ रहेको जानकारी दिएका छन् । यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको चलचित्र भनेका छन् । ‘एक्स ९–लेभल १’ भनिएको यो चलचित्रको कलाकारको बिषयमा कुनै जानकारी दिइएको छैन ।

विश्वको अगाडि नेपाली चलचित्रलाई उभ्याउनुपर्ने भन्दै मुकुन्दले महंगो बजेटको चलचित्र घोषणा गरेका हुन् । चलचित्रलाई यादवप्रसाद पाठकले निर्माण गर्नेछन् । यो चलचित्रका लागि नायक अनमोल केसीलाई शिर्ष भूमिकामा अफर गरिएको छ । तर, अनमोलले अहिलेसम्म चलचित्र गर्ने वा नगर्ने बिषयमा केही पनि बताएका छैनन् ।

साथमा, चलचित्रका लागि नायक सौगात मल्ल, पुष्प खड्का र कलाकार निश्चल बस्नेत पनि मुख्य भूमिकामा रहने चर्चा छ । निर्माता र निर्देशकको सोच एक भएपछि एउटा राम्रो चलचित्र बन्ने दाबी मुकुन्दको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?