Comments Add Comment

भारतमा एकैदिन दुई लाखभन्दा बढीमा कोरोना संक्रमण  

२ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ७३९ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक हजार ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ४० लाख नाघेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७३ हजार १२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ५८ हजारभन्दा बढी महाराष्ट्रमा छन् । यस्तै उत्तर प्रदेशमा २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने दिल्लीमा १७ हजारभन्दा संक्रमित थपिएका छन् । छत्तीसगढमा पनि १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, गुजरात तथा दिल्लीका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । बिरामीको चाप बढेसँगै केही अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन तथा बेडको अभाव देखिन थालेको छ । सरकारले भने आफ्नो पूर्ण क्षमताअनुसारको अक्सिजन खरिद गरिरहेको र पछिल्ला दिनमा उत्पादन क्षमता पनि बढाइएको दाबी गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment