+
+

टिपर दुर्घटनामा परी रसुवामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १४:०८

२ वैशाख,  रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–१ ग्राङका २७ वर्षीय राजेन्द्र तामाङ र सवारी चालक २५ वर्षीय सागर तामाङ रहेका छन् । राजेन्द्र स्थानीय ग्राङ प्राविका शिक्षक थिए ।

ग्राङबाट कालिकास्थानतर्फ गइरहेको बागमती प्रदेश ०६–००६ ख १६८८ नम्बरको खाली टिपर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई प्रहरीले उद्धार गरी रसुवा अस्पताल धुन्चे पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

टिपरमा सवार कालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङको भने खोजतलासपछि बिहीबार बिहान मात्र घटनास्थलको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ । मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?