+
+
Shares

कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १८:२३

२ वैशाख, सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीकाे विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् ।

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार दिउँसो २ बजे बोलाइएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ । चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

‘प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्यूहरुमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने समेत प्रमुख सचेतक नेपालीको दाबी छ । ‘केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ,’ उनले विज्ञप्तिमा भनेकी छन् ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?