Comments Add Comment

खाद्य व्यवस्थाको सीईओमा मोहन प्रकाश चन्द नियुक्त

३ वैशाख, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा मोहन प्रकाश चन्द नियुक्त भएका छन् । चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालिन खाद्य संस्थानको ९ औं तहबाट अवकास पाएका चन्दलाई कम्पनीको प्रमुख कार्याकारी निर्देशक बनाउने निर्णय गरेको हो ।

विसं २०७४ असोजदेखि खाद्य संस्थान नेतृत्व बिहीन थियो । नवनियुक्त प्रमुख कार्याकारी अधिकृत चन्दले बिहीबार पदभार ग्रहण गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।

कैलाली स्थायी घर भएका चन्द खुल्ला प्रतिस्पर्धाबाटै कम्पनीको सीईओ नियुक्त भएको उनले बताइन् । बजार मूल्यमा हस्तक्षेप गर्न र सरकारी खाद्य भण्डारको विकास गर्न सरकारले गत वर्ष तत्कालीन खाद्य संस्थान र नेशनल ट्रेडिङलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment