+
+
Shares

खाद्यले सिंहदरबार भित्रै बिक्री कक्ष चलाउने, भोलिदेखि देशभरि सुपथ मूल्य पसल

वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले बिहीबारदेखि ४४ जिल्लाका १ सय ९३ स्थानमा ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सिंहदरबार परिसरमा नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार उक्त बिक्री कक्षको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ ।
  • कम्पनीले देशभरिका ४४ जिल्लामा १९३ स्थानबाट उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटर ५ रुपैयाँ विशेष छुटसहितको सुपथ मूल्य पसल सञ्चालन गर्ने छ ।

२७ साउन, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सव अवसर पारेर सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष (आउटलेट) सञ्चालनमा ल्याउने भएको छ ।

आम उपभोक्तासम्म आफ्ना उत्पादनको सहज पहुँच पुर्‍याउने उद्देश्य सहित कम्पनीले बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको बताएको छ ।

यस नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय छ ।

सर्वसाधारणलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको यस कम्पनीले बिहीबार नै आफ्नो सातौं स्थापना दिवस पनि मनाउँदै छ ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सिंहदरबारभित्र खुल्ने यस कक्षबाट उपभोक्ताले सुपथ मूल्यमा कम्पनीका सम्पूर्ण उत्पादन खरिद गर्न सक्नेछन् ।

यस आउटलेटमा चामल, दाल, खानेतेल, चिनी र नुनजस्ता दैनिक उपभोग्य सामग्री साथै स्थानीय स्तरमा उत्पादित पौष्टिक अन्न (चिनो, कागुनो, फापर र सिमी) समेत बिक्रीका लागि राखिनेछ ।

वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले बिहीबारदेखि नै देशभरि ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै छ । ४४ जिल्लाका १ सय ९३ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिए ।

यी सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ताले प्रतिकिलो र प्रतिलिटरमा ५ रुपैयाँ विशेष छुट प्राप्त गर्नेछन् । यसले उपभोक्तालाई दैनिक जीवनमा केही राहत मिल्ने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?