Comments Add Comment

फ्लोर क्रस संसदीय प्रणालीमा गम्भीर चिन्ताको विषय हो : दमननाथ ढुंगाना

३ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय प्रणालीमा फ्लोर क्रस गम्भीर चिन्ताको विषय भएको बताएका छन् । संसदीय प्रणालीमा क्रस भोटिङ हुने भए पनि यो गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन नेकपा एमालेका ४ जना सांसदहरुले फ्लोर क्रस गरेका छन् । यसलाई सहज रुपमा लिन नमिल्ने पूर्वसभामुख ढुंगाना बताउँछन् ।

‘निश्चित रुपमा ह्वीप जारी भएको अवस्थामा पनि क्रस भोटिङ हुन्छ भने संसदीय व्यवस्थाका लागि गम्भीर चिन्ताको विषय हो’, ढुंगानाले भने ।

मुख्यमन्त्री शाहीले प्रदेशसभामा शुक्रबार विश्वासको मत मागेका थिए । त्यस क्रममा एमालेका सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment