
फाइल तस्वीर
३ वैशाख, काठमाडौं । काठमाडौंमा हावाहुरीसँगै परेको चट्याङका कारण त्रिभुवन विमानस्थलको हवाई सेवा प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको छ । साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको छ । दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता पठाइएको छ ।
दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ । आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको छ । ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको हो । साँझ ६ बजेपछि भने काठमाडौं विमानस्थलको भिजिविलिटीमा सुधार आएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4