+
+

फ्लोर क्रस गम्भीर विचलन हो, क्षम्य हुँदैन : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १८:४९

३ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् । उनले  ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए ।

‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारबाही हुने पनि उनले बताए ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए ।

एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका छन् । ज्वाला र बुढाले केही दिन अगाडि मात्रै मन्त्रीबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?