
३ वैशाख, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् ।
सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार साँझ पौने ६ बजेतिर टिपरसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको अनटेष्ट टिपर आपसमा ठोक्किएका थिए । दुर्घटनामा टिपरका चालकसहित दुईजना र बसमा सवार तीनजना गरी पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनाका मृतक र घाइतेहरुको परिचय खुलेको छैन ।
प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि दुईवटा क्रेन र तीनवटा स्काभेटर प्रयोग गर्नुपरेको थियो । उद्धारका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया 4