Comments Add Comment

म्याक्स ओ’डोड बने नेदरल्याण्ड्सका लागि टी-२० मा शतक प्रहार गर्ने पहिलो खेलाडी

५ वैशाख काठमाडौं । म्याक्स ओ’डोड टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आइतबार मलेसियाविरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् ।

ओपनिङ गरेका म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्काको मद्दतमा १०२ रन बनाए । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे ।

नेदरल्याण्ड्सका लागि यसअघि एकै खेलमा सर्वाधिक रन वर्तमान कप्तान पिटर सिलारले बनाएका थिए । उनले २०१९ मा स्कटल्याण्डविरुद्ध अविजित ९६ रन बनाएका थिए ।

ओ’डोडले भने यसअघि आयरल्याण्डविरुद्ध बनाएको ६९ रन व्यक्तिगत रुपमा उच्च थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment