Comments Add Comment

संसदलाई घेराबन्दी गर्न खोजियो : सभामुख सापकोटा

५ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका छन् ।

अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झण्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना गर्दै आएका छन् । शनिबार सर्वदलीय बैठकमा पनि सभामुखको आलोचना गर्दै उनले एमसीसीलाई संसदको विजनेस बनाउन दलहरुको सहमति खोजेका थिए ।

प्रधानमन्त्रीको नाम नलिइ सभामुख सापकोटाले भने संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको बताए ।

नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले भने, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम गर्दिनँ ।’

उनले संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने प्रष्ट पारे।

संसदमा विचाराधिन विधेयकमा सभामखुले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसिसि शब्दको उच्चरण नगरी स्पष्टिकरण दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment