+
+
Shares

अध्यक्ष ओलीले ९ वैशाखमा बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १६:२८

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा निर्माण हुने पार्टी कार्यालय ९ वैशाखमा शिल्यान्यास गर्ने भएका छन् ।

२०७२ को भूकम्पले भत्काएको मुख्यालय फेरि निर्माण गर्न अध्यक्ष ओलीले शिल्यान्यास गर्ने तयारी भएको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।

बल्खुमा पार्टी कार्यालय शिल्यान्यास गरिएकै दिन धुम्बाराहीको पार्टी कार्यालय बबरमहलबाट सञ्चालनमा पनि ल्याइने उनले बताए । ‘हामी एक हप्ता अगाडि नै आइसक्यौ । ९ गते अध्यक्ष आएर आफ्नो कार्यालयमा बस्नु हुनेछ ।’, रिजालले भने ।

बल्खुको पार्टी कार्यालय भूकम्पबाट भत्किएपछि एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो । तर, चक्रपथ सडक बिस्तारले कार्यालय सञ्चालनमा असर गरेको भन्दै एमालेले बबरमहलमा कार्यालय सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?