+
+

निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ : देवेन्द्र पौडेल

रासस रासस
२०७८ वैशाख ५ गते १७:२८

५ वैशाख, पर्वत । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमालेको माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।

आइतबार सदरमुकाम कुश्मामा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमालेको नेपाल पक्षसँग निकट भविष्यमै पार्टी एकता गर्ने गरी वार्ता अघि बढेको बताए ।

बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको भन्दै उनले एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको उनको भनाइ छ ।

नेता पौडेलले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको दाबी गर्दै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको बताए । जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले जिकिर गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?