Comments Add Comment

यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ

यौन आफैँमा सुन्दर चीज हो । यो दुई व्यक्तिलाई नजिक ल्याउने एउटा माध्यम पनि हो । यसले श्रीमान् श्रीमतीबीचको सामिप्यता र आत्मीयता बढाउँछ । यो शारीरिक सामिप्यता मात्रै नभएर मानसिक पुनर्ताजकीकरणको लागि समेत उपयोगी हुने गर्छ । तर कहिलेकाँही दुवै साझेदारको बराबर आनन्द र मनोवैज्ञानिक रूपमा फाइदा पुर्‍याउने यौन कहिलेकाहीँ एकतर्फी नोक्सानीको कारक पनि बन्न सक्छ ।

जहाँ एक पार्टनरले अर्को पार्टनरको आवश्यकताहरूलाई लगातार बेवास्ता गर्छ, त्यहाँ समस्या उत्पन्न हुन सक्छ । यसको अर्थ कुनै स्वार्थी पार्टनर भयो भने त्यसबाट पर्याप्त आनन्द पाउन सकिँदैन । यहाँ हामी १० संकेतहरूको बारेमा बताउँदैछौं जसले तपाईंको पार्टनर कत्तिको स्वार्थी छ भन्ने पत्ता लगाउन सहयोग गर्छ ।

– यदि तपाईंको पार्टनर चाहन्छ कि जब उसलाई यौन सम्पर्कको चाहना भयो तब तपाईं तयार हुनुहोस् । यदि तपाईं मुडमा हुनुहुन्न र अस्‍वीकार गर्नुहुन्छ भने ऊ सिधै आफ्नो असन्तुष्टि जनाउँछ भने बुझ्नुहोस् तपाईंको पार्टनर स्वार्थी छ ।

–तपाईंको पार्टनर केवल एक यौन पोजिसन मन पराउँछन् । केटा होस् या केटी यौन पोजिसनमा नयाँपनको खोजी गर्दैनन् र तपाईंले दिएको सुझाव पनि मन पराउँदैनन् भने पनि बुझ्नुहोस् तपाईंको पार्टनर स्वार्थी छन्/छिन् ।

– यदि तपाईंको पार्टनरले आफूलाई मुडमा ल्याउने काम पनि तपाईं आफैँले गर्दिए हुन्थ्यो जस्तो सोच्छ भने यसमा पनि स्वार्थीपना देखिन्छ ।

– महिलाको शरीर कहिलेकाँही मुडमा आउनको लागि केही समय लाग्छ । तर कहिलेकाहीँ पुरुषहरू आफू विस्तारामा आउने बित्तिकै महिला मुडमा आओस् भन्ने पनि चाहन सक्छन् । यदि यस्तो भयो भने यसमा स्वार्थ देखिन्छ ।

–यदि तपाईंको पार्टनर तपाईंसँग मुडमा हुँदा मात्रै राम्रो व्यवहार गर्छन् भने त्यसमा स्वार्थ छ भन्ने बुझ्दा हुन्छ । कोही पनि अरूबेलामा उदासीन हुने र मुडमा आएपछि जे गर्न पनि तयार हुन्छ भने उसमा स्वार्थ भरिएको थाहा हुन्छ ।

–कोही पनि मान्छे अरू समय सधैं व्यस्त हुन्छ र यौन सम्पर्कको क्रममा पनि फोरप्ले जस्ता पूर्वतयारीमा ध्यान नदिई सिधै यौन सम्पर्कलाई ध्यान दिन्छ भने उसमा पनि स्वार्थ भरिएको छ भन्ने बुझ्दा हुन्छ ।

–यदि तपाईंको पार्टनर तपाईं कस्तो सम्बन्ध चाहनुहुन्छ ? भन्ने बुझ्न नै चाहँदैन भने ऊ स्वार्थले भरिपूर्ण छ भन्न सकिन्छ ।

– यदि तपाईं आफ्नो पार्टनरको शरीरको प्रशंसा गर्नुहुन्छ भने मख्ख पर्ने र तपाईंको प्रशंसा गर्न कहिलै नजान्ने पार्टनर छ भने बुझ्नुहोस् ऊ स्वार्थी मान्छे हो ।

–तपाईंको पार्टनर आनन्द दिनमा होइन कि लिनेबारेमा मात्रै विश्वास गर्छ भने बुझ्नुहोस् कि ऊ स्वार्थी मान्छे हो। कसैले फोरप्लेको जिम्मेवारी छाडेर तपाईंको भरोसा छाड्ने साथी छ भने उसमा स्वार्थ रहेको बुझ्नुहोस् ।

–जब तपाई पार्टनरसँग यौन सम्बन्ध राख्नुहुन्छ, तब तपाईं आफ्नो साथीसँग कुनै प्रकारको आत्‍मीयताको महसुस गर्नुहुन्न वा यौन सम्पर्कलाई साथीले केवल शारीरिक सम्बन्धको रूपमा मात्रै लिएको छ र यसमा भावनात्मक कुनै आस्था छैन भने सम्झनुहोस् त्यहाँ प्रेमभन्दा बढी स्वार्थ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment