+
+

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नयाँ मुख्मन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १२:५१

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव परिएको छ ।

८७ सदस्यीय प्रदेशसभामा (८९ सदस्यमध्ये माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका दुई सदस्य पदमुक्त भएकाले) नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । अविश्वासको प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ प्रदेशसभा सदस्य गरी ४१ जनाले हस्ताक्षर गरेका छन् ।

जसपामा साविकको राजपा पक्षीय प्रदेशसभा सदस्य कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी छैनन् । राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् । तर अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहको विवाद उत्कर्षमा पुगेकाले एमाले एकठाउँमा उभिन कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?