+
+
Shares

अष्ट्रेलिया-न्युजिल्याण्डको सीमामा लगाइएको प्रतिबन्ध पूर्ण रुपमा हट्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १५:३४

६ वैशाख, काठमाडौं । सोमबारबाट अष्ट्रेलिया र न्युजिल्याण्डले सीमामा एकअर्काका नागरिकलाई लगाइएको प्रतिबन्ध हटाइएका छन् ।

यससँगै यी मुलुकमा एकअर्काका नागरिकले मुलुक अनिवार्य क्वारेन्टिनमा बस्नु पर्दैन । प्रतिबन्ध हट्ने भएसँगै हजारौं मानिसहरुले सोमबारको लागि हवाई टिकट बुक गरेका थिए ।

अष्ट्रेलिया र न्युजिल्याण्ड कोरोना संक्रमण नियन्त्रणमा सफल मुलुक हुन् । यी मुलुकमा संक्रमण दर तुलनात्मकरुपमा कम छ । यी दुवै मुलुकले गत वर्षको मार्चमा कोरोना संक्रमण नियन्त्रणको लागि सीमा बन्द गर्ने निर्णय गरेका थिए । त्यसयता यी दुई मुलुकका सीमामा प्रतिबन्ध कायमै थियो । यसअघि अष्ट्रेलियाबाट जाने मानिसहरुले न्युजिल्याण्डमा अनिवार्य क्वारेन्टिन बस्नुपथ्र्यो । अष्ट्रेलियामा भने न्युजिल्याण्डबाट आउने मानिसहरुलाई गत अक्टोबरदेखि नै अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाइएको थियो ।

अष्ट्रेलिया र न्युजिल्याण्डले सीमा खोल्ने निर्णयले दुवै मुलुकको अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरेका छन् । यद्यपि अन्य मुलुकबाट आउने मानिसलाई भने यी दुवै मुलुकले कहिले सीमा खोल्ने हो भन्ने अन्योल अझै कायमै छ । अष्ट्रेलियाले अन्य मुलुकबाट आउने मानिसहरुमाथिको प्रतिबन्ध भने सन् २०२१ भर नै कायम रहने बताइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?