Comments Add Comment

भारतबाट फर्किएकी रुकुम पश्चिमकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

६ वैशाख, सुर्खेत । भारतबाट फर्किएकी रुकुम पश्चिमकी एक महिलाको कोरोना भाइसर (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७, की ४० बर्षिया महिलाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको हो ।

जन स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलका अनुसार उनी एक हप्ताअघि मात्रै भारतबाट गाउँ फर्किएकी थिइन् । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार मात्रै अस्पताल भर्ना भएकी थिइन् ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा शनिबार नै कोरोना पोजिटिभ देखिएको थियो । ‘हिजोसम्म आवस्था सामान्य थियो, विहान एक्कासी गम्भीर समस्या देखियो, रिफर गर्ने तयारी गर्दागर्दै मृत्यु नै भयो,’ रावलले भने ।

पछिल्लो समय रुकुमपश्चिममा भारतबाट फर्कने नागरिक संख्या बढेपछि संक्रमित पनि बढ्न थालेका छन् । शुक्रबारसम्म शुन्य संक्रमित रहेको रुकुममा तीन दिनमा ४ जना नयाँ संक्रमित फेला परेका छन् ।

सामान्य अवस्थाका संक्रमितलाई होमआइसोलेसन र गम्भीर प्रकृतिका संक्रमितलाई सुर्खेत रिफर गर्ने गरिएको फोकल प्रशन रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment