
बलिउड कलाकारका लागि माल्दिभ्स सबैभन्दा उत्तम गन्तव्य बनेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले रमाउने कलाकारका तस्वीर समाजिक संजालमा चर्चामा रहेको पाइन्छ ।
भारतमा कोरोना संक्रमितको संख्या दैनिक २ लाख माथि पुगेपछि विभिन्न राज्यमा लकडाउन सुरु भएको छ । महाराष्ट्र सरकारले अप्रिल ३० तारिखसम्म कर्फ्यूको घोषणा गरेपछि चलचित्रका छायांकन पनि प्रभावित बनेका छन् । योसँगै बलिउडका कलाकारहरु होलिडे मनाउन देश बाहिर जान थालेका छन् ।
नायक टाइगर श्राफ र नायिका दिशा पटानी पनि माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेसँगै दिशाले सामाजिक संजालमा आफ्नो हट तस्वीर पनि सार्वजनिक गरेकी छिन् । यस्तै, नायिका आलिया भट्ट र नायक रणवीर कपुर पनि होलिडे मनाउन माल्दिभ्स पुगेका छन् ।
भारतमा कोरोना संक्रमण बढेसँगै बलिउड चलचित्र नगरी फेरि प्रभावित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4