+
+
Shares

विद्यालय बन्द हुँदा अटिजम भएका बालबालिकाको सिकाइ प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १९:२८
Photo Credit : सविता उप्रेती

६ वैशाख, काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गरेर वैकल्पिक सिकाइ प्रणालीमा जाने निर्णय गरेको छ ।

सरकारले विद्यालयहरुलाई अनलाइन माध्यमबाट पठनपाठन सुचारु राख्न भनेको छ । तर विद्यालय बन्द हुँदा अटिजम भएका विद्यार्थीहरु भने पूर्ण रुपमा सिकाइबाट वञ्चित हुने भएका छन् ।

उनीहरुलाई अनलाइन माध्यममा जोड्न सम्भव नहुने भएकाले उनीहरुको सिकाइ पूर्ण रुपमा बन्द हुने विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)की संस्थापक अध्यक्ष सविता उप्रेती बताउँछिन् । १० महिनापछि खुलेको विद्यालय फेरि बन्द हुँदा उनीहरुको सिकाइ पनि बन्द भएको उनले बताइन् ।

अटिजम भएका बालबालिकाको फरक–फरक समस्या हुन्छ । अधिकांश बालबालिका सीधा भएर बस्न नसक्ने, शरीर हल्लिने, भाषा (बोली) नहुने लगायतको समस्या हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?