+

भोलिबाट टी-२० सिरीजका खेलहरु दर्शकबिना नै खेलाइने

२०७८ वैशाख  ६ गते १९:५६ २०७८ वैशाख ६ गते १९:५६
भोलिबाट टी-२० सिरीजका खेलहरु दर्शकबिना नै खेलाइने

६ वैशाख, काठमाडौँ। नेपाल क्रिकेट संघ क्‍यानले कीर्तिपुरमा क्रिकेट मैदानमा जारी ट्राइ-नेशन्स् क्रिकेट सिरिज अनर्गतका बाँकी खेलहरु मंगलबारदेखि दर्शक बिना नै खेलाउने भएको छ ।

सरकारले २५ जनाभन्दा धेरै भेला नहुन आदेश दिएपछि  क्‍यानले यस्तो निर्णय गरेको क्‍यानका सचिव अशोकनाथ प्‍याकुरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्‍यक्तिहरु उपस्थित नहुन, दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्‍चालन गर्न नपाइने आदेश जारी गरेसँगै नेापल क्रिकेट संघले कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी ट्राइ-नेशन्स् क्रिकेट सिरिज अनर्गतका बाँकी खेलहरु मंगलबारदेखि दर्शक बिना नै खेलहरुमा बिना दर्शकको प्रवेश निषेध गरेको छ।’

कीर्तिपुर कोरोना टी-२० सिरीज नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय