Comments Add Comment

म्यारियट होटलले मनायो आफ्नो दोस्रो वार्षिकोत्सव

६ वैशाख, काठमाडौं । काठमाडौं म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । स्वदेशी तथा विदेशी यात्रुहरुका लागि उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको होटलले आइतबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा होटलका जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने, ‘उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौं । यो लक्ष्य हासिल गर्नका लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौं । हामी हाम्रा दुवै अतिथिहरु र सहयोगीहरुका लागि सुरक्षित वातावरणको आवश्यकता बुझ्दछौं । त्यसकारण हाम्रा सहयोगीहरु सुरक्षा र स्वच्छता प्रोटोकलमा राम्रोसँग प्रशिक्षित छन् । सरसफाइका मापदण्ड प्रति म्यारियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खान्छ, जस्ले गर्दा हामीले आफ्ना समाधानहरुको अनुगमन र विकास गरी हाम्रा सबै अतिथि र सहयोगीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रुपमा सफल हुँदै आएका छौं ।’ काठमाडौं म्यारियट होटलले कोरोना महामारीको समयमा पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको होटलले जनाएको छ ।

दुई वर्षको दौडमा होटेलले काठमाडौंका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यन्जनहरु प्रस्तुत गर्दै आइरहेको होटलले जानकारी दिएको छ ।

होटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । यसको बाहिरी सेटिङ र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नका लागि एक राम्रो ठाउँ बनेको छ । थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यक्रमहरु जस्तै वाक फर वार्म्थ , थ्यांक्सगिभिङ डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।’

यो माइलस्टोन मनाउनका लागि होटेलले अप्रिल २०२१ को अन्त्यसम्म मात्र नेपाली रु. १२०११ विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment