Comments Add Comment

बाँकेमा लकडाउन गर्न सिफारिस

फाइल फोटो

७ वैशाख, बाँके । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले लकडाउनका लागि सिफारिस गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन-कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ ।’

जिल्लामा प्रत्येक दिन दुई सयको हाराहारीमा कोरोना संक्रमण देखिएका कारण लकडाउन गर्नु पर्ने सिफारिस बैठकबाट आएको उनले बताए  ।

प्रजिअ गेलालले अनलाइनखबसँग भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने सिफारिस बैठकले गरेको छ । लकडाउनको मोडल कस्तो हुने भन्नेबारेमा भने ड्राफ्ट तयारी भइरहेको छ ।’

कोरोना संक्रमितले अस्पताल भरिभराउ भएको र लकडाउन बाहेक अर्को विकाल्प नभएको सुझाव आएको प्रजिअ गेलालले बताए । उनले भने, ‘पहिलो चरणमा एकसाता लकडाउन गर्ने तयारी गरेका छौं । त्यसपछि आवश्यकता अनुसार थप गर्न सकिने छ ।’

तीब्र रुपमा बढी रहेको कोरोना संक्रमण रोक्न सबै पक्षबाट लकडाउन गर्नुपर्ने सुझाव बैठकमा आएको भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले बताए ।

डा. थापाले अनलाइनखबरसँग भने, ‘जिल्लामा प्रत्येक दिन कोरोना संक्रमण दर बढ्दो छ । अस्पतालमा संक्रमितलाई राखेर उपचार गराउने बेड छैन । समयमै सजग र गम्भीर नहुने हो भने भयावह अवस्था आउनेतर्फ सचेत रहँदै लकडाउन नै गर्नुपर्ने निस्कर्षमा बैठक पुगेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment