
७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ५५० जना संक्रमित भेटिएका छन् । ललितपुरमा १०५ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै बाँकेमा २६९, रुपन्देहीमा १०५, पर्सामा ६३, दाङमा ६२, मोरङमा ५७ र कैलालीमा ४५ जना संक्रमित भेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4