+
+
Shares

एक वा दुई मुलुकले मात्र विश्वव्यापी नियम बनाउन सक्दैनन् : सि जिनपिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १०:२४

८ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले कुनै एक वा दुई मुलुकले विश्वव्यापी नियम बनाउन नसक्ने बताएका छन् ।

मंगलबार बोआओ फोरममा बोल्दै जिनपिङले कुनै एक वा दुई मुलुकले विश्वव्यापी नियम बनाउन थाले कसैलाई पनि फाइदा नहुने बताए । भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा धेरै एसियाली नेताहरु सहभागी भएका थिए ।

बैठकमा बोल्दै चिनियाँ राष्ट्रपति जिनपिङले भने, ‘अहिको अवश्यकता भनेको न्याय पाउनु हो न कि एकाधिकारको दबदबा होस् । ठूला मुलुकको लागि जवाफदेहीताको उपेक्षा नगर्नु एक महत्वपूर्ण जिम्मेवारी हो ।’

अमेरिकालाई लक्षित गर्दै संयुक्त शक्तिहरु र महामारीले विश्वलाई नै अस्थिर बनाएको बताए । जसको कारण विश्वभर अनिश्चितता र अस्थिरता बढेको उनको भनाइ छ ।

यसअघि गत जनवरीमा जिनपिङले डाभोसमा वर्ल्ड इकोनोमिक फोरमको बैठकमा बोल्दै अमेरिकी नेतृत्वलाई ‘सानो गुट’ भएको बताएका थिए । चीनले पछिल्लो समय अमेरिकाले विभिन्न मुलुकसँग बनाएको गठबन्धनको विषयमा पनि आपत्ति जनाउँदै आएको छ ।

चिनियाँ राष्ट्रपति जिनपिङले बीआरआईको विषयमा पनि चीन प्रतिबद्ध रहेको स्पष्ट पारे।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?