Comments Add Comment

युरोपियन सुपर लिगबाट ६ इंग्लिस क्लबले फिर्ता लिए नाम

८ बैशाख, काठमाडौं । इंग्ल्यान्डका ६ वटे क्लबले युरोपियन सुपर लिग (ईएसएल) फुटबल प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।

प्रतियोगिता घोषणा भएपछि नै यसको सबैतिरबाट आलोचना हुन थालेपछि प्रिमियर लिगका ६ क्लबले सुपर लिगबाट हात झिकेको हो ।

म्यानचेष्टर सिटी नाम फर्ता लिने पहिलो क्लब रहेको र चेल्सीले पनि त्यसैलाई फलो गरेको बीबीसीले जनाएको छ । त्यसपछि आर्सनल, लिभरपुल, म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले पनि नाम फिर्ता लिएका हो ।

इंग्लयाण्डका ६ संगै युरोपका १२ ठूला क्लब मिलेर आइतबार युरोप सुपर लिगको घोणा गरेका थिए । जसमा स्पेनबाट रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड तथा इटलीबाट युभेन्ट्स, एसी मिलान र इन्टर थिए ।

नयाँ प्रतियोगिताको विरोधमा इंग्लिस समर्थकहरु आन्दोलनै उत्रएका थिए । यस्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोपियन सुपर लिग खेल्ने खेलाडीलिया विश्वकप र युरोकपमा प्रतिबन्ध लगाउने जनाएको थियो ।

संस्थापन १२ क्लब मध्ये ६ इंग्लिस क्लबले नाम फिर्ता लिएपछि अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर र एसी मिलान मात्र संस्थापक क्लबमा रहेका छन् । यस्तै अब यसको भविष्य पनि संकटमा परेको छ।

स्पानिस क्लब रियल मडरिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा ईएसएल गठन गरिएको थियो । र यसमा संस्थापनका १५ र थप ५ गरी २० क्लबले प्रतिस्पर्धा गर्ने गरी तयारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment