Comments Add Comment

नेपाल र भारतको उत्तराखण्डबीचको महिला क्रिकेट सिरिज स्थगित  

८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम र भारतको उत्तराखण्ड महिला टिमबीच तय भएको क्रिकेट सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले यही अप्रिल तेस्रो सातादेखि भारतीय टिमसँग नेपाली महिला टिमको सिरिज गर्ने घोषणा गरेको थियो । जसमा टी–२० र एकदिवसीय मैत्रीपूर्ण सिरिज हुने तयारी थियो ।

उत्तराखण्ड क्रिकेट एशोसिएसनले बढ्दो कोभिड–१९ को असरका कारण जनाउँदै बीसीसीबई र राज्य सरकारले अनुमति नदिँदा उत्तराखण्ड महिला क्रिकेट टिमको नेपाल भ्रमण तत्काललाई स्थगित गरिएको क्यानले जनाएको छ ।

क्यानकै आयोजनामा अहिले नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच काठमाडौंमा त्रिकोणात्मक सिरिज भइरहेको छ ।

नेपाल सरकारले कोभिड–१९ को बढ्दो असरका कारण रंगशालामा दर्शक प्रवेश निषेध गरेपछि अहिले टीयू मैदानमा दर्शकबिना नै खेल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment