Comments Add Comment

अनौठो नियम : कोरोनाको सुई लगाउनेलाई अण्डा उपहार

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस महामारीले विश्वलाई अझैपनि आक्रान्त बनाइरहेको छ । तर चीन स्वयंले भने कोभिड १९ लाई सबैभन्दा पहिले नियन्त्रणमा लिइसकेको छ । यद्यपि, अहिले चीनमा कोरोना संक्रमणको समस्या खासै नभएपनि यसैसँग सम्बन्धित फरक खालको समस्या खडा भएको छ ।

चीनमा मानिसहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् । जसका कारण चीन सरकारले मानिसहरुलाई कोभिड भ्याक्सिन लगाउनका लागि उत्प्रेरित गर्न वा लोभ्याउन अनौठो खालको अफरको घोषणा गरेको छ ।

खोप अभियानलाई तिव्रता दिनका लागि चीन सरकारले विभिन्न खालका प्रोत्साहनको घोषणा गरेको हो । जस अन्तर्गत निशुल्क रुपमा अण्डा वितरण देखि खाद्यान्नका सामानमा छुट र पसलका कुपन प्रदान गर्ने जस्ता योजना सामेल छन् ।

यहीँ अफरसँगै चीनले अहिले दैनिक लाखौँ मानिसलाई कोरोना विरुद्धको खोप दिइरहेको छ । गत २६ मार्चसम्ममा चीनमा ६१ लाखले कोरोना विरुद्धको खोप लिइसकेका थिए । आगामी जून महिनासम्ममा ५६ करोड मानिसलाई भ्याक्सिन लगाउने योजना चीनको छ ।

आम मानिसलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि सरकारले जुन अफर दिइरहेको छ, त्यसको प्रचार पनि गरिरहेको छ । बेइजिंगको एक मन्दिरले त कोरोना भ्याक्सिन लगाएको प्रमाणपत्र देखाएपछि आगन्तुकलाई मन्दिरभित्र निशुल्क प्रवेश दिने निर्णय गरेको छ ।

कोरोना खोप लगाउनेलाई निशुल्क अण्डा उपलब्ध गराउने सरकारी अफरका विषयमा विज्ञापन समेत प्रसारण हुने गरेका छन् । त्यसमध्ये एक विज्ञापनमा भनिएको छ ः राम्रो समाचार । कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका ६० वर्ष वा सो भन्दा माथिका व्यक्तिहरु अढाई किलो अण्डा प्राप्त गर्न योग्य छन् ।

विज्ञहरुका अनुसार सरकारले महामारी नियन्त्रण गर्न सफल भएकोमा चिनियाहरु ढुक्क छन् । जसका कारण उनीहरु भ्याकिसन लगाउन खासै उत्साहित छैनन् । तथापि चीन सरकारले खोप अभियानलाई दिन प्रतिदिन ससक्त बनाउनका लागि आवश्यक कदम उठाइरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment