Comments Add Comment

एकैदिन थपिए २३५१ कोरोना संक्रमित

८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । उनीहरुमध्ये १० हजार ५८२ सक्रिय संक्रमित छन् ।

बुधबार थपिएका नयाँ संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाबाहिर बाँकेका २२५, रुपन्देहीका १२४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

थप १० जनाको मृत्यु 

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३११२ पुगेको छ ।

यो कुल संक्रमितको १.०७ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment