
८ वैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् ।
मेगा बैंकले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उद्यमीहरुलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्यूआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ कारोबार गर्न सहज र सरल हुने बैंकको विश्वास रहेको छ ।
मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल बजारका उद्यमीहरुलाई बैंकको नजिकैको शाखा कार्यालयहरुमार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिनाधितो सहुलियपूर्ण व्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।
प्रतिक्रिया 4