+
+
Shares

अब मास्क नलगाई हिँडे कारबाहीमा परिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १७:५१

८ वैशाख, काठमाडौं । काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् ।

मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’

पराजुलीका अनुसार सार्वजनिक यातायतमा मास्क लगाए/नलगाएको अनुगमन गर्न ट्राफिक  प्रहरीलाई जिम्‍मेवारी दिने तयारी गरिएको छ ।

यसअघि गत वर्ष सरकारले लकडाउन उल्लंघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?