Comments Add Comment

सुनसरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा एकजना महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत इटहरी उपमहानगरपालिका–२ की ७८ वर्षीया महिलाको बुधबार दिउँसो २ बजे मृत्यु भएको हो ।

चैत २४ गते अस्पताल भर्ना भएकी वृद्धालाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उच्च रक्तचापको समस्या रहेकी उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चूडामणि पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment