Comments Add Comment

बागमती प्रदेशबाट सबैभन्दा बढी महिला हिंसाको उजुरी

८ वैशाख, काठमाडौं । राष्ट्रिय महिला आयोगमा गत वर्ष महिला हिंसासम्बन्धी प्राप्त भएका उजुरीमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट छन् । २०७७ वैशाखदेखि चैतसम्म दर्ता भएका घरेलु हिंसासम्बन्धी १ हजार ३३३ उजुरीमध्ये बागमती प्रदेशबाट मात्रै ९४० वटा रहेका छन् ।

यसैगरी महिला हिंसाका २३२ मध्ये बागमतीबाट मात्रै १४७ वटा उजुरी दर्ता भएको आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ बाट ७६ वटा घरेलु हिंसाका उजुरी प्राप्त हुँदा महिला हिंसाका १८ वटा छन् । यस्तै प्रदेश २ बाट ६२ घरेलु हिंसाका तथा महिला हिंसाका १६, गण्डकीबाट ६० घरेलु हिंसाका, ९ महिला हिंसाका, लुम्बिनीबाट ७७ घरेलु हिंसाका, १२ महिला हिंसासम्बन्धी उजुरी आयोगमा परेको छ ।

यस्तै कर्णाली प्रदेशबाट ३४ घरेलु हिंसा र ३ महिला हिंसासम्बन्धी उजुरी प्राप्त भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट ५८ घरेलु हिंसा, महिला हिंसा १२ र प्रदेश उल्लेख नभएको घरेलु हिंसा २६ र महिला हिंसा १५ वटा उजुरी दर्ता भएको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment