
९ वैशाख, काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुषको बुधबार राति ११: ५७ बजे उपचारका क्रममा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
‘उहाँ दमको रोगी हुनुहुन्थ्यो । रूघा लागेपछि उहाँ वैशाख ७ गते भर्ना हुन आउनुभएको थियो। कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो। उपचारकै क्रममा बुधबार राति उहाँको मृत्यु भएको हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4